अपी पावरको ८ प्रतिशत बोनस शेयर पारित

Advertisement

काठमाडौँ: अपी पावर कम्पनीको १४ औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर (कर बाहेक) पारित गरेको छ ।

अपी पावर कम्पनीले ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना संचालन गरिरहेको छ भने ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७४ चैत मसान्तभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएर कार्य गरिरहेको जनाएको छ ।

यस कम्पनीलाई नेपाल विद्युत प्राधिकरणले खुल्ला टेण्डर प्रक्रियाबाट निस्कासन गरेको १८ मेगावाट क्षमताका ८ स्थानमा सोलार उर्जा उत्पादन गर्ने अनुमतिप्राप्त भएको छ ।

कम्पनीको उक्त सोलार आयोजनाहरुको विद्युत खरिदबिक्री सम्झौता हुने क्रममा रहेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुबाट १ः२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छी आयोजना र सोलार आयोजनाहरुमा लगानी गर्ने योजना पारित गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement