साताको सेयर बजार: सबै समूहको सुधार संगै नेप्से ३३ अंकले बढ्यो

Advertisement

काठमाडौंः सरकार परिबर्तनसंगै यो साता सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकले सुधार आएको छ । नेप्से परिसुचक ३३ दशमलव ९२ अंकले बढेर एक हजार ४२४ दशमलव ९५ अंक कायम भएको छ । कारोबार भने शुन्य दशमलव ६२ प्रतिशतले घटेर एक अर्ब ५४ करोड रुपियाँको सेयर किनबेच भएको छ । यो साता कुल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता सेयर किनबेच भए ।

समूहगत कारोबारतर्फ हेर्दा यो साता बाणिज्य बैंक समूह ३० दशमलव ३३ अंकले, विकास बैंक ५६ दशमलव ५२ अंकले, वित्त नौ दशमलव ९८ अंकले र लघुवित्त ६४ ३६ दशमलव ०२ अंकले बढेको छ ।

त्यसैगरी, होटल समूह २० दशमलव ६५ अंकले, जलविद्युत ४३ दशमलव ०५ अंकले, बिमा २२२ दशमलव १८ अंकले, उत्पादनूलक समूह २५ दशमलव १८ अंकले, व्यापार समूह १० दशमलव ९७ अंकले र अन्य समूह एक दशमलव ८३ अंकले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव ३ अंकले बढेर ३०१ दशमलव ३ अंकमा उक्लेको छ ।

यस साता कारोबार रकम (६ करोड ७१ लाख ५० हजार रुपियाँ) र कारोबार भएको सेयर संख्या (दुई लाख ९३ हजार कित्ता)को आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो भने कारोबार संख्या (५९० वटा)को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रह्यो ।

यो साता ४ कम्पनीको सेयरनेप्सेमा सुचिकृत भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको ६ लाख कित्ता साधारण सेयर, जेविल्स फाइनान्स लिमिटेडको २८ लाख ८९ हजार ५ सय ६२ दशमलव ५० कित्ता हकप्रद सेयर, ओरियण्टल होटल लिमिटेडको १४ लाख २५ हजार १ सय ६ दशमलव ३५ कित्ता बोनस सेयर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको १९ लाख ७३ हजार ९ सय २८ दशमलक ७७ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।

Advertisement

Advertisement

Advertisement