घरेलु लिगमा पीएसजीको दबदबा कायमै, स्ट्रास्बोउर्ग ५-२ ले पराजित

Advertisement

एजेन्सीः फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रास्बोउर्गमाथि सानदार जित निकालेको छ । गए राति भएको खेलमा पीएसजीले स्ट्रास्बोउर्गलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा स्ट्रास्बोउर्गका लागि एहोलोउले खेलको छैटौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । १०औं मिनेटमा जुलिएन ड्रेक्सलरले गोल गर्दै पाहुना टोली पीएसजीलाई बराबरीमा ल्याए ।

पहिलो हाफको २१औं मिनेटमा नेइमारले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । २२औं मिनेटमा डी मारियाले गोल गरेपछि पहिलो हाफमा पीएसजी ३-१ को स्थितीमा पुग्यो ।

दोस्रो हाफको ७३औं र ७९ औं मिनेटमा एडिसन काभानीले गोल गर्दै पाहुना टोलीलाई थप मजबुद बनाए । स्ट्रास्बोउर्गका लागि बाहोकेनले दोस्रो हाफको ६७औं मिनेटमा गोल गर्दै खेलमा फर्किने आसा जगाए पनि सफल हुन सकेनन् ।

पीएसजी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग ३-१ ले पराजित भएपछि घरेलु लिगमा सानदार जित निकालेको हो ।

जितसँगै लिगमा पीएसजीको २६ खेलबाट ६८ अंक भएको छ । उसले दास्रो स्थानमा रहेको मोनाकोको भन्दा स्पष्ट १२ अंकको अग्रता लिएको छ ।

Advertisement

Advertisement

Advertisement