यो वर्ष २१४, अर्को वर्ष एक हजार मेगावाट विद्युत थपिने दाबी

Advertisement

काठमाडौंः सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिक्ता दिन थालेपछि यो वर्ष दुई सय १४ दशमदव २८ मेगावाट विद्युत थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणको विद्युत थपिन लागेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको हो ।

चालु आर्थिक वर्ष २०७४/७५ को माघसम्ममा ५० मेगावाट विद्युत थपिएको र ६४ दशमलव २८ मेगावाट विद्युत थपिने सम्भावना रहेको विद्युत विकास विभागले जनाएको छ । गत आव २०७३/७४ मा एक सय १६ मेगावाट विद्युत थपिएको थियो । चालु आवमा गत आवको भन्दा दोब्बर विद्युत थपिने अनुमान गरिएको छ ।

अहिलेसम्म चमेलियाबाट ३० मेगावाट, मदक्यु खोलाबाट १३ मेगावाट, मैलुङबाट ७ मेगावाट विद्युट राष्ट्रिय प्रसारण लाइनमा थपिएको विभागले बताएको छ । कुलेखानी तेस्रोबाट पनि असारसम्ममा १४ मेगावाट विद्युत थपिने अपेक्षा गरिएको छ ।

अहिले नेपालमा विद्युतको माग एक हजार ३५० मेगावाट रहेको छ । गत आवमा एक सय १६ मेगावाट, चालु आवमा दुई सय १८ मेगावाट विद्युत थपिएको र आगामी आवमा एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement