कृषि यान्त्रिकरण मेलामा अवलोकनकर्ताको न्यून उपस्थिति

Advertisement

काठमाडौंः कृषि यान्त्रिकरणमा सहयोग पुर्याउने उद्देश्यले भृकुटीमण्डपमा फागुन तीन गतेदेखि सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण नपाउँदा प्रदर्शनी खल्लो भएको अवलोकन कर्ताले बताएका छन् ।

अन्तर्राष्ट्रियस्तरको भनिएको प्रदर्शनीमा सधै देख्दै आएका यन्त्र र कृषि सामग्रीहरुमात्र पाइएकाले प्रदर्शर्नी खल्लो भएको उनीहरुले बताएका हुन् ।

प्रदर्शनीमा नेपाल, भारत, मलेशिया, चीन, ताइवान, इटाली, इजरायल, बंगलादेश, जर्मनी, बेल्जियम र नेदरल्याण्डसका १२० प्रदर्शनी कक्ष रहेका छन् । प्रदर्शनीमा आधुनिक कृषियन्त्र तथा उपकरण, आधुनिक खेती प्रणली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री उद्योग एवं पशुपालनसम्बन्धी विभिन्न उपकरण बिक्रीमा राखिएको आयोजकले जनाए पनि अवलोकन कर्ताले भने चित्त बुझदो नभएको बताएका हुन् ।

लगनखेलदेखि कृषि मेलाको अवलोकन गर्न आएका काभ्रेका बासुदेव पाठकले कृषि मेलामा विगतदेखि देखिदै र चलाउदै आएका यन्त्रमात्र प्रदशनीमा राखिएकोमा दुखेसो पोखे । उनले आफुले हेर्न खाजेजस्तो सामन प्रदर्शनीमा नपाएको र आधुनिक यन्त्र तथा नयाँ प्रकारका बिउविजन प्रदर्शनीमा नहुँदा खल्लो लागेको बताए ।

सुकेधारामा बस्दै आएका संखुवासभाका पर्सु दाहालले विभिन्न प्रकारका विउविजन देखिएपनि त्यो पहाडी इलाकाका लागि उपयुक्त नरहेको बताए । उनले बिक्रीका लागि राखिएका मेसिन तथा विउ जन्य वस्तु पहाडलाई हुने खालको नभएको बताएका हुन् ।

अवलोकनमा आएका पाँचथरका सबिन श्रेष्ठले खेतिका लागि खोजिएको प्रजातिको च्याउ मेलामा नदेख्दा दुख लागेको बताए । उनले आफुले खोजेजस्तो च्याउको प्रजाती याहाँ पाउने सेचेपनि त्यसो नभएको बताए ।

काठमाडौंको अल नेपाल कलेजमा कक्षा १२ मा अध्यनरत सुस्मा आचार्यले किताबमा पढेको कुरा प्रतक्ष देख्न पाइएकोमा खुसी लागेको बताइन् । उनले यस प्रकारका जानकारी मुलक प्रदर्शनीले हामी जस्ता विद्यार्थीलाई उपलब्धिमुलक हुने बताइन् ।

आयोजकले भने प्रदर्शनीमा आधुनिक प्रकारका कृषि यन्त्र तथा नयाँ प्रविधिबाट उत्पादित कृषि जन्य वस्तुलाई प्रदर्शन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement