टिकेन सेयर बजारको सुधार, नेप्से परिसुचक ११ अंकले घट्यो

Advertisement

काठमाडौंः सरकार परिबर्तनसंगै सेयर बजारमा आएको सुधार टिक्न सकेन् । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ११ दशमलव ०५ अंकले घटेर एक हजार ४१३ दशमलव ९० अंक कायम भएको छ ।

आज कुल १५९ कम्पनीको ५९ करोड ६ लाख बराबरका १४ लाख २९ हजार ३५६ कित्ता सेयर किनबेच भए ।

समूहगत कारोबारतर्फ हेर्दा यो साता बाणिज्य बैंक समूह दुई दशमलव ८३ अंकले, होटेल समूह ३८ दशमलव ६४ अंकले, विकास बैंक २१ दशमलव ५८ अंकले, जलविद्युत ३४ दशमलव २६ अंकले र वित्त आठ दशमलव १५ अंकले घटेको छ ।

त्यसैगरी, बिमा सहुमा १०७ दशमलव ४८ अंकले, लाघुबित्य समूह ३० दशमलव ३२ अंकले घटेको छ । यधपी, उत्पादन मुलक समूह भने नौ दशमलव ६९ अंकले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव १४ अंकले घटेर २९९ दशमलव १६ अंकमा झरेको छ ।

Advertisement

Advertisement

Advertisement