एनआइसी एसियाको खैरेनीमा शाखा, कुल शाखा संख्या १७९ पुग्यो

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकको नयाँ शाखा रुपन्देहीको देवदह–५, खैरेनीमा सञ्चालनमा आएको छ । शाखाको उदघाटन आइतबार देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले गरे ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । खैरेनी शाखाको उद्घाटनसँगै हाल यस बैंकको देशभर १७९ शाखा र १७२ एटिएम एवं चार एक्स्टेन्सन काउन्टर पुगेको छ ।

Advertisement

Advertisement

Advertisement