केएल मोबाइल हबमा सस्तो मूल्यमा मोबाइल पाइने

Advertisement

काठमाडौंः नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाण्डौंको चाबहिलमा रहेको केएल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने भएको हो ।

फागुन एक देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिने उनले बताए ।

सस्तोमा मोबाइल किनेपछि पनि हात खाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाइने छ ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरसहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामा खेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्ट्स्टमा फोटो खिचाएर पनि मोबाइल जित्न सक्ने अफरहरु रहेका छन् ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइल हबले मिलाएको छ । साथै मोबाइल हवले मेला अवधिभरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागि भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७ मोबाइल पाउने छन् ।

यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर पनि सञ्चालनमा छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित ‘अफर भित्र पनि अफर’ मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।

Advertisement

Advertisement

Advertisement