जबज कि २१औं शताब्दीको जनवाद ? भन्ने विषयमा छलफल जारी छः पोखरेल

Advertisement

काठमाडौंः एमाले नेता आनन्द पोखरेलले अबको तीन दिनभित्रै एमाले–माओवादी केन्द्रबीच एकता हुने र सरकारले पनि पूर्णता पाउने ठोकुवा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा उनले भने, ‘अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनिसकेको छ, यो जनताको अपेक्षा पनि थियो, अब एमाले र माओवादी केन्द्र भनेको एउटै पार्टी हो, माओवादी सरकारमा सहभागी कहिले हुन्छ भन्ने प्रश्नै हुँदैन्, अबको तीन दिनभित्रै दुईपार्टीबीच एकता हुन्छ, र सरकारले पनि पूर्णता पाउँछ ।’

पोखरेलले माओवादी केन्द्र सरकारमा सहभागी हुनको लागि कुनै समस्या नभएको पनि जिकिर गरे । उनले थपे, ‘हामी त राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउन आह्वान गरिरहेका छौं ।’

पोखरेलले दुई पार्टीबीचको एकता वैचारिक सवाल (जवज र २१ औ शताब्दीको जनवाद) कुनलाई मार्गदर्शक सिद्धान्त बनाउने भन्नेबारे अहिले दुवै पार्टीका प्रमुख नेताबीच छलफल चलिरहेको पनि सुनाए ।

उनले एकता हुनेमा अब कुनै शंका नरहेको विश्वास दिलाए । पोखरेलले भने, ‘म त एकता हुनेमा पूर्णरुपमा ढुक्क छु, कुनै शंका छैन, अन्य दलहरुले पनि हामी दुई पार्टीबीच एकता होस् भनेर शुभकामना दिनुभएको छ, उहाँहरुको प्रेरणा अनुसार नै एकता हुन्छ ।’

फरक प्रसंगमा उनले एमाले संविधान संशोधनको विपक्षमा नरहेको सुनाए । पोखरेलले थपे, ‘हामी संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, बरु संशोधन अब कार्यकारी राष्ट्रपति बनाउने गरी बहस गरौं न, भाषा, सिमांकनमा अब कुनै विवाद छैन, जनताले जनमत दिइसकेका छन् नि, संशोधन त भइरहने कुरा हो, सहमति कायम गरेर अघि बढ्नुपर्छ ।’

उनले संशोधनको लागि तागद पुर्याउनको लागि पनि राजपा र फोरम सरकारमा आउनुपर्ने बताए । पोखरेलले माओवादी र एमालेबीच एकता भएर नै राष्ट्रपति, सभाध्यक्ष र अन्य महत्वपूर्ण जिम्मेवारी दिइने बताए ।

Advertisement

Advertisement

Advertisement