सरकारको आर्थिक विकास कार्यक्रमलाई सहयोग गर्ने निजी क्षेत्रको प्रतिबद्धता

Advertisement

काठमाडौंः सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमलाई सफल पार्न सहयोगी भुमिका खेल्ने निजी क्षेत्रले प्रतिबद्ध गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले आज (आइतवार) आयोजना गरेको प्रत्रकार सम्मेलनमा निजी क्षेत्रले उक्त प्रतिबद्धता विकासमा सरकारलाई सहयोग गर्ने जनाएको हो ।

अहिले मुलुकको अर्थतन्त्र संतोषजनक नभएको बताउदै मुलुकको चालु खाता र शोधनान्तर अबस्था दुवै ऋणात्मक भएको बताएका छन् । महासंघले संघीय संरचना अनुसार आफ्नो विधानमा संंशोधन गरी सात वटै प्रदेशमा आफ्ना प्रदेश उद्योग वाणिज्य महासंघहरू विस्तार गरेको जनाएको छ ।

मुलुकको प्रादेशिक संरचना पूर्ण हुनुअघिनै महासंघले आफ्नो सम्पूर्ण प्रादेशिक संरचनाहरू तयार गरिसकेको बताइएको छ । महासंघले अब सातै प्रदेशमा आर्थिक विकासका मुद्दालाई सशक्त ढंगबाट उठाई प्रदेशहरूको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने जनाएको छ ।

साथै, महासंघले ‘अभियान सृमद्धिकोः साझेदारी निजी क्षेत्रको’ भन्ने मूल नारासहित प्रादेशको आर्थिक विकासमा योगदान पुर्याउने जनाएको छ । स्थानीय जनताको जीवनस्तर सुधार, रोजगारी सृजनामा सार्वजनिक निजी साझेदारीको अबधारणा अंगाल्दै सरकार र निजी क्षेत्र बीच सहकार्यका माध्यमबाट समृद्धिको बाटोमा अगाडि बढ्ने उद्देश्य महासंघले लिएको छ ।

पहिलो कार्यक्रम स्वरूप यही फागुन १३ गते पोखराबाट प्रादेशिक आर्थिक वहस कार्यक्रमको प्रारम्भ गर्न भएको छ । फागुन महिनाभित्रै सबै प्रदेशमा प्रादेशिक वहस सम्पन्न गरी चैतको पहिलो सातामा काठमाडौंमा राष्ट्रिय आर्थिक साझेदारी सम्मेलन आयोजना गर्ने तयारी पनि महासंघले गरेको छ ।

निजी क्षेत्रले आर्थिक विकासलाई तीवरूपमा अगाडि बढाउन सरकारसँग पूर्वाधार विकास, औद्योगिकीकरण विस्तार, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रविन्दूमा राखेर “मुलुक निर्माण दशक” अभियानका लागि रणनीति तथा कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा राखेको छ ।

साथै, जलविद्युत लगायतका राष्ट्रिय गौरवका आयोजनाहरूका विषयमा श्वेतपत्र जारी गरी ती आयोजनाहरू निर्धारित समयभित्रै सम्पन्न गर्ने सुनिश्चितता गराउन पर्ने लगाएतका योजना ल्याउन सरकारलाई सुझाव दिएको छ ।

Advertisement

Advertisement

Advertisement