विश्वकप क्रिकेट छनोट खेलका लागि राष्ट्रिय टोलीको घोषणा, को को परे ?

Advertisement

काठमाडौंः मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको लागि १५ सदसिय राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतवार आईसीसीले कप्तान पारसको नेतृत्वमा १५ सदस्सिय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

आईसीसीका प्रतिनिधि, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस सम्मिलित छनोट समितिले चार वैकल्पिकसहित १९ सदसिय राष्ट्रिय टोलीको घोषण गरेका हुन् । टोलीमा नामिबियामा सम्पन्न डिभिजन टु खेलेका खेलाडीहरुको वाहुल्यता रहेको छ ।

स्पिनर ललित नारायण राजवंशीले पहिलो पटक राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाएका छन् । प्रतियोगिता आगामी मार्च ४ देखि २५ सम्म जिम्बाबेमा चल्ने छ । नेपाल प्रतियोगितामा समुह बीमा रहेको छ ।

नेपालसँगै आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बाबेसँग, मार्च ८ मा स्कटल्याण्डसँग, मार्च १० मा अफगानिस्तान र मार्च १२ मा हङकङसँग खेल्नेछ ।

प्रतियोगिता सुरु हुनु भन्दा पहिले नेपालले युएई र हङकङसँग अभ्यास खेल खेल्नेछ ।

प्रतियोगितापछि र्शीष चारमा रहने एसोसिएट देशले सन् २०२२ सम्मको लागि एकदिवसीय मान्यता पाउनेछन । जसमा नेदरल्याण्डसले यसअघिनै पाइसक्यो भने अब तीन टोलीले मान्यता पाउनेछन् । नेपालले एकदिवसीय मान्यता पाउन प्रतियोगितामा नेपाल कम्तिमा आठौं स्थानमा रहनु पर्नेछ ।

  • नेपाली टोलीका खेलाडीहरु यसप्रकार छन्ः
    पारस खड्का (कप्तान)
    ज्ञानेन्द्र मल्ल (उपकप्तान)
    शक्ति गौचन
    बसन्त रेग्मी
    शरद भषवाकर
    दिपेन्दसिंह ऐरीकरण केसी
    सोमपाल कामी
    सन्दीप लामिछाने
    आरीफ शेख
    दिलीप नाथ
    ललित भण्डारी
    रोहितकुमार पौडेल
    अनिलकुमार शाह
    ललितनारायण राजवंशी

  • वैकल्पिक खेलाडी
    सुनिल धमला
    किशोर महतो
    बिनोद भण्डारी
    सिधान्त लोहनी

Advertisement

Advertisement

Advertisement