सरकार गठन संगै मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने महासंघको अपेक्षा

Advertisement

काठमाडौं: नयाँ सरकार गठन पश्चात मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने नेपाल घरेलु तथा साना उद्योग महासंघले अपेक्षा गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालको संविधान २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१ औं प्रधानमन्त्री बन्न सफल भएकोमा के पी शर्मा ओलीलाई बधाई ब्यक्त गरेको छ ।

मुलुकभरका तीन लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता सङ्गठन महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन घोषणपत्रमार्फत सबै राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेको सन्दर्भमा नयाँ सरकार र सबै प्रमुख राजनैतिक दलहरू मुलुुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराउँदै यसप्रति प्रतिवद्ध रहन महासंघले आग्रह गरेको छ ।

नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसातगरी आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्नुपर्नेमा महासंघको जोड छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा लामो समयको अन्तरालपछि मुलुकमा वामपन्थीहरुको स्थायी सरकार गठन भएको परिप्रेक्ष्यमा अब मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भने – ‘मुलुककोे आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले यस स्थिर सरकारले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गरि स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्ने अपेक्षा हामी लघु, घरेलु तथा साना उद्यमी र सम्पूर्ण निजी क्षेत्रले गरेका छौं ।’

मुलुकको आर्थिक समृृद्धिका लागि स्थायी सरकारको महत्वमाथि चर्चा गर्दै महासंघले स्थायी सरकारले मुलुकको आर्थिक बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने जनाएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारले पनि समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्वद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि कार्य गर्न आग्रह गर्दै महासंघले यस कार्यमा सबै स्तरमा सहयोग पु¥याउन प्रतिवद्धता व्यक्त गरेको छ ।

अब मुलुक संक्रमणकाल पूरा गरी स्थिरतातर्फ उन्मुख भएको हुँदा जनआकांक्षा अनुरूप मुलुक आर्थिक विकासको मार्ग तिर लाग्ने कुरामा विश्वास गर्न सकिने वातावरण बनेको महासंघले महसुस गरेको छ ।

Advertisement

Advertisement

Advertisement