विदेशी औषधिमा जस्तो कमिशन नपाएपछि औषधि व्यवसायी स्वदेशी उद्योगहरुप्रति आक्रामक

Advertisement

काठमाडौंः विदेशी औषधिमा सयौं गुणा कमिशन लिने गरेका औषधि व्यवसायीहरु स्वदेशी औषधि उद्योगप्रति रुष्ट भएका छन् । विदेशी औषधिमा जस्तो चर्को दिन स्वदेशी उद्योगहरु तयार नभएपछि व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

नेपाल औषधि व्यवसायी संघले स्वदेशमा नै औषधि उत्पादन गर्दै आएका उद्योगीहरुले आत्मनिर्भरताको नामममा सिन्डिकेट लाद्न खोजेको भन्दै त्यसको विरोध जनाएका छन् । विदेशी औषधि २२ सय गुणासम्म कमिशन खाएर उपभोक्ताहरुलाई बिक्री गर्ने गरिएको आरोप लाग्दै आएको छ ।

संघले २०३० सालमा स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय मापदण्डका गुणस्तरीय औषधिहरु विदेशबाट आयात गरी सर्वसुलभ रुपमा यसको विक्रीवितरण गर्दै आएको भन्दै एनसीडीएले औषधि आयात रोक्नुपर्ने कारणको चित्तबुझ्दो जवाफ दिनुपर्ने तर्क गरेको छ ।

सरकारले आयातमुखी नीतिका कारण ठूलो परिणाममा औषधि समेत आयात हुँदै आएको छ । अहिले बार्षिक १७ अर्बको औषधि आयात हुने गरेको छ । त्यो भनेको नेपालको कुल औषधि खपतको ६० प्रतिशत हो । सरकारले लगानीमैत्री बाताबरण बनाइदिए पाँच बर्षमा औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुन सकिने व्यवसायीहरुले बताउँदै आएका छन् ।

हाल नेपालमा करिव ५० वटा औषधि उद्योग छन् । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति नहुँदा जटिल रोगका औषधि उद्योगहरु नेपालमै खुल्न सकेका छैनन भने आकर्षक कमिशनको लोभमा औषधि व्यवसायीहरु आयातमा रमाउँदै आएका छन् ।

उनीहरुले नेपाली उद्योगीले दिएको मूल्यभन्दा सस्तोमा आफूहरुले उपभोक्तालाई औषधि दिएको दावी गर्दै सस्तो दिँदा दिँदै आयात रोक्नुपर्ने कारण नभएको तर्क गरेको छ । यसलाई उनीहरुले औषधि उद्योगहरुको सिण्डिकेटको संज्ञा दिएका छन् ।

स्वदेशी उद्योगीहरुले विदेशबाट आयातित ३० वटा औषधिहरु नेपालमा नै उत्पादन भइरहेकोले आयात जरुरी नरहेको बताउँदै आएका छन् । औषधि व्यवसायीहरुले भने स्वदेशी औषधि उद्योगहरुले आत्मनिर्भरको नाममा विदेशबाट आयत हु“दै आएका औषधिहरु बन्द गराएर जनतालाई महंगोमा नेपाली औषधि भिडाउन खोजेको आरोप लगाएका छन् । विदेशी औषधिभन्दा स्वदेशी औषधि चार गुणा महंगोमा बिक्री गरेर जनताको ढाड सेक्न नपाइने उनीहरुको तर्क छ ।

Advertisement

Advertisement

Advertisement