किर्ते अभियोगमा प्रहरीले खोजिरहेका सिलवाल बालुवाटारमा एकाएक झुल्किए, ओलीले मन्त्री बनाउने

Advertisement

काठमाडौँः प्रहरीमा बढुवा हुन आफ्नो कार्यसम्पादन मूल्यांकनको फाइल किर्ते गरेको भन्दै प्रहरीले निरन्तर खोजी गर्दा पनि पक्राउ पर्न नसकेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक नवराज सिलवाल केपी प्रधानमन्त्री भएपछि एकाएक प्रधानमन्त्री निवास बालुवाटारमै झुल्किएका छन् ।

प्रहरी महानिरीक्षक हुन नपाएपछि एमालेमा प्रवेश गरी गएको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव जितेका सिलवाललाई प्रहरीले पक्राउका लागि खोजी गरेपछि फरार थिए ।

एमालेका वरिष्ठ नेता माधव नेपालसहित सिलवाल प्रधामन्त्री केपी ओलीलाई भेट्न सोमवार साँझ बालुवाटार पुगेका हुन् । उनलाई ओलीले आफ्नो सरकारमा मन्त्री बनाउने तयारी गरेका छन् । सिलवालविरुद्ध किर्ते अभियोगमा मुद्दा दर्ता भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement