पत्रकारलाई कुटपिट गर्ने एनआरएनए कुवेतका अध्यक्षलाई आइसीसीले कारवाही गर्ने

Advertisement

काठमाडौंः पत्रकारलाई कुटपिट गर्ने गैरआवासीय नेपाली संघ (एनआएनए) कुवेतका अध्यक्ष अर्जुन तामाङलाई कारवाही गर्ने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)ले प्रतिवद्धता जनाएको छ । तामाङले समाचार लेखेको विषयमा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि साँघातिक हमला गरेका थिए ।

न्यौपानेमाथि भएको कुटपिटले आफू स्तब्ध भएको भन्दै एनआरएनएले आफू जो कसैबाट हुने जस्तो सुकै साँघातिक हमलाको घोर निन्दा र भत्र्सना गर्दछ र कुनै पनि समस्याको समाधान यस किसिमका हमलाबाट हुननसक्ने कुरामा विश्वस्त रहेको बताएको छ ।

यस घटनामा एनआएनए कुवेतका अध्यक्षको संलग्नता रहेको कुराले हाम्रो ध्यान अझ बढी आकर्षिक भएको छ भन्दै एनआरएनएले यथासिघ्र सत्यतथ्य बुझेर दोषीमाथि यथोचित कारवाहीको प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको छ ।

गैरआवासीय नेपाली अभियानमा मिडियाको महत्वपूर्ण योगदान रहेको भन्दै संघले सञ्चारकर्मीमाथिको शारीरिक हमलालाई सामान्यरुपमा लिन नहुने बताएको छ । उसले पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Advertisement

Advertisement

Advertisement