राष्ट्रपतीबाट राष्ट्रियसभा सदस्यमा तीन जना मनोनित

Advertisement

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा आजै सिफारिस गरिएका तीन जना राष्ट्रिय सभा सदस्यका नाम मनोनित गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको थियो।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेको थियो।

देउवा सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको थिएन।

दुई दिनअघि केपी शर्मा ओली नेतृत्वको सरकारले देउवाले सिफारिस गरेका नाम फिर्ता गर्ने निर्णय गरेको थियो।

Advertisement

Advertisement

Advertisement