सेयर बजार ओरालो लागेर फेरि १४०० अंकबाट ओर्लियो

Advertisement

काठमाडौंः साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको भारी गिरावट आएको छ । आज नेप्से १७ दशमलव १८ अंकले घटेर पुनः एक हजार चारसय अंकबाट ओरालो लागेको छ ।

लामो समयदेखि लगातारजसो ओरालो लागेको सेयर बजार केपी ओली प्रधानमन्त्री नियुक्त भएको दिन अस्वाभाविक ढंगले बढेको थियो । उक्त दिन कारोबारमा समेत सुधार आएपछि त्यसपछि बजार बजार ओरालो लाग्न थालेको छ ।

आज काराबार घटेर ४० करोड ५८ लाख रुपियाँमा सीमित भयो । आज होटल र अन्य समूहमा नगन्य सुधार भए पनि बाँकी समूहको उपसुचकहरु गिरावट छ ।
सबैभन्दा बढी बीमा समूहमा ११० दशमलव ५६ अंकले गिरावट आएको छ । साथै, उत्पादनमुलक समुहमा ५० दशमलव २६ अंकले र जलविद्युत समुहमा २५ दशमलव ४२ अंकले गिरावट आएको छ ।

‘क’ वर्गक कम्पनीहरुको सेयर मापन गर्ने सेनसेटिभ परिसुचक पनि ३ दशमलव ६६ अंकले घटेर २९५ दशमलव ५० अंक कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement