यस्तो रहने छ तपाईंको २०७५ साल

Advertisement

हाम्रो तिथि मिति र समय गणना पूर्वीय दर्शनको धरोहर पञ्चाङ्ग गणनाबाट हुने गर्छ । यसैका आधारमा चाडपर्व, ऋतुकाल र समय आदी निश्चित गरिएको हुन्छ । नयाँ वर्ष अर्थात विक्रम संवत २०७५ सालमा कुन कुन समयमा के के चाडपर्व तथा अन्य मुहुर्तहरु होलान ? पक्कै पनि । तपाईंलाई यसबारे चासो अवश्य नै छ । उसो भए आउनुस जानौ विक्रम संवत २०७५ साल कस्तो रहने छ । वि.सं. २०७५ सालको शुरुवात यानेकी नववर्ष शनिवारबाट आरम्भ हुनेछ । यसै पनि सरकारले नयाँ वर्षका दिनलाई विदा दिने नै गर्छ, त्यसैमाथि शनिवार परिदिएका कारण सरकारी कार्यालयसहित निजी क्षेत्रका कार्यालयहरु पनि बन्द हुने छन् । तसर्थ, २०७५ सालको नयाँ वर्ष निजी संस्थामा सेवारतहरुले पनि उत्साहका साथ मनाउन पाउने छन् ।

Advertisement

साइतहरु २०७५ सालमा ब्रतवन्धका साइत थोरै दिन मात्र जुरेको छ भने विवाहका साइतहरु भने पर्याप्त रहेका छन् । ब्रतवन्धको साइत यस वर्ष निकै कम मात्र जुरेको छ । अर्थात २०७५ सालमा जम्मा चार दिन मात्र ब्रतवन्धको साइत परेको छ । जस अनुसार असार महिनामा २ दिन, माघमा १ दिन, फागुनमा १ दिन परेको छ ।
विवाहका लागि भने यस वर्ष पर्याप्त साइत जुरेको छ । मंसिर महिनामा जम्मा १ दिन मात्र विवाहको साइत रहेको छ । मंसिर २१ गते वृहस्पति उदय हुने भएकाले मंसिरको अन्तिममा मात्र विवाहको साइत रहन पुगेको छ । फागुनमा भने धेरै दिन साइत रहेका छन् । वैशाख महिनामा ४ दिन, असारमा ६ दिन, मंसिरमा १ दिन, माघमा १० दिन, फागुनमा १३ दिन साइत जुरेको छ ।
ग्रहण वि.सं. २०७५ सालमा एउटा ग्रहण लाग्ने छ । साउन महिनाको ११ गते शुक्रवार शुक्ल पूर्णिमाको राति खग्रास चन्द्रग्रहण लाग्ने छ । ग्रहण पञ्चाङ्ग गणना अनुसार ११ गतेको राति लाग्ने छ । तर बोलिचालिको भाषामा ११ गते राति शुरु भई १२ गते बिहान समाप्त हुनेछ । अर्थात यस खग्रास चन्द्रग्रहण साउन ११ गतेको राति १२.९ बजे स्पर्श हुनेछ । राति २.८ मध्य हुनेछ भने राति ४.६ बजे ग्रहण अन्त्य हुनेछ । राति ग्रहण लाग्ने भएकाले ११ गते ३.९ बजेबाट सुतक लाग्ने छ ।मलमास/अधिकमास वि.सं. २०७५ मा मलमास अर्थात अधिकमास रहने छ । मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिन्छ । मलमास जेठ महिनामा रहेको छ । जेठको २ गते बुधवारबाट मलमास आरम्भ हुनेछ भने जेठको ३० गते बुधबार मलमास समाप्त हुनेछ ।मलमासको अवधिमा शुभकार्य बर्जित गरिन्छ । खासगरी नवविवाहित दुलहीले मलमास छल्नुपर्ने मान्यता रहिआएको छ । यानेकी नवविवाहित दुलहीले मलमासको अवधिमा घर नबसी माइत जाने चलन छ । यस अवधिमा श्रीमानसँगको संसर्ग बर्जित रहन्छ । साथै मलमासका बेला गृहारम्भ, गृह प्रवेश, पुजापाठ,व्यापार व्यवसायको शुरुवात लगायतका महत्वपूर्ण शुभकार्यहरुको थालनी गर्न नहुने विश्वास रही आएको छ ।दशैं तथा तिहार २०७५ मा दशैं असोज तथा कार्तिकमा परेको छ । यस वर्षको बडादशै अर्थात नवरात्रको आरम्भ असोज २४ गते बुधबारबाट हुनेछ । बडा दशैंको टिका कार्तिक २ गते शुक्रवार परेको छ । कार्तिक ७ गते बुधवार कोजाग्रत पूर्णिमा रहेको छ ।त्यसैगरी, तिहार अर्थात दीपावलीको यमपञ्चक आरम्भ कार्तिक १९ गते सोमवार हुनेछ । कार्तिक २१ गते बुधवार लक्ष्मीपूजा, २२ गते विहीवार गोवद्र्धनपूजा रहेको छ भने यही दिन काठमाडौंका नेवार समुदायले मनाउने म्हपूजा रहेको छ । कार्तिक २३ गते भाईटिका रहेको छ ।अन्य चाड जनैपूर्णिमा भदौ १० गते आइतवार परेको छ । त्यसैगरी, भदौ १७ गते आईतवार श्रीकृष्ण जन्माष्टमी रहेको छ । भदौ २७ गते बुधवार महिलाहरुले धुमधाम मनाउने तीज यानेकी हरितालिका तीज रहेको छ ।वृहस्पति तथा शुक्र अस्त शुक्र अस्तलाई नेपालका कतिपय भूभागमा शुक्र अन्न पनि भन्ने गरिन्छ । कतिपय भागमा र भारतमा तारा अस्त वा तारा डुब्ने पनि भनिन्छ । वि.सं. २०७५ असोज ३१ गते बुधवार विहान ८.१७ बजेदेखि शुक्र पश्चिममा अस्त हुनेछ । यसरी अस्त हुन पुगेको शुक्र कार्तिकको १४ गते बुधवार दिउँसोको १.११ मा पूर्वमा उदय हुनेछ ।कार्तिक २६ गते सोमवार विहानको ११.९ मा वृहस्पति पश्चिममा अस्त हुनेछ । मंसिर २१ गते शुक्रवार साँझ ५.४० मा पूर्वमा वृहस्पति उदय हुनेछ ।वृहस्पतिलाई धन तथा ज्ञानकारक ग्रह मानिन्छ । अझ भनौ वृहस्पति देवगुरु मानिन्छ । त्यसैगरी शुक्रलाई सुखकारक ग्रह मानिन्छ । शुक्र यौन तथा शैया सुखको कारक ग्रह समेत मानिन्छ । तसर्थ, यी दुई ग्रहको प्रभाव मानिसको जीवनमा अति महत्वपूर्ण मानिन्छ । यी ग्रह अस्त भएका बेला यसको प्रभाव पनि न्यून हुने भएकाले यसबेला गरिने शुभकार्यहरुमा यी ग्रहको प्रभाव हुँदैन । यति महत्वपूर्ण ग्रहको प्रभाव न्यून भएका बेला महत्वपूर्ण कार्यहरु जस्तै विवाह, ब्रतवन्ध, गृह निर्माण, गृह प्रवेश, जलाशय निर्माण, बगैचा निर्माण, ब्रतारम्भ तथा उद्यापन, महादान, दीक्षाग्रहण, मन्दिर निर्माण, एकाह, सप्ताह, पुराण, प्राण प्रतिष्ठा आदी जस्ता शुभ कार्यहरु गर्न हुँदैन । त्यसबाहेक नित्यरुपमा गरिने कार्यहरु भने नियमित गर्न हुन्छ ।शनि साढेसाति यस वर्ष शनि धनु राशिमा रहने छन् । तसर्थ, धनु राशिका व्यक्तिहरुलाई वर्षभरि मध्य साढेसाति दशा रहने छ । त्यसैगरी मकर राशिका व्यक्तिहरुलाई वर्षभरि आद्य साढेसाति दशा सक्रिय रहने छ । त्यसैगरी, वृश्चिक राशिका व्यक्तिहरुमा भर्षभरि अन्त्य साढेसाति दशा सक्रिय रहने छ ।त्यसैगरी, वृष र कन्या राशिका व्यक्तिहरुमा वर्षभरि अढैया शनि दशा रहने छ । शनिको दशा सक्रिय भएका बेला झुट्टा आरोपहरु लाग्ने, मानसिक चिन्ता बढ्ने, कामहरु नबन्ने, चोटपटकको डर रहने, धन नाश हुने लगायतका अवस्थाहरु सिर्जना हुनसक्ने भएकाले विशेष सतर्क रहनुपर्ने हुन्छ । यी राशि परेका व्यक्तिहरुले यस वर्ष शनिको शान्ति गरिदिंदा यसले सिर्जना गर्नसक्ने नकारात्मक अवस्थालाई शान्त गर्न सकिने छ । यी राशिका व्यक्तिहरुमा पनि शनिको नतिजा व्यक्तिको कुण्डलीमा शनिको अवस्थितिका आधारमा फरक फरक हुने भएकाले शनिको नकारात्मक प्रभावलाई घटाउन भरपर्दाे ज्योतिषको परामर्श लिंदा उत्तम हुनेछ ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement