गोपाल पराजुलीको जन्ममिति खोज्दै हिँडेका केसीकै तीनवटा जन्ममिति (प्रमाणसहित)

Advertisement

काठमाडौंः प्रधानन्यायाधीस गोपाल पराजुलीको जन्ममिति खोज्दै हिँडेका डा. गाविन्द केसीको तीन वटा जन्ममिति भेटिएको छ । पराजुलीप्रति नैतिक प्रश्न उठाउँदै आएका केसी आफै नैतिक र कानुनी संकटमा परेका छन् ।

केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको प्रमाण फेला परेको हो । स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि संघर्ष गर्दै आएका केसीप्रति जनताको सहानुभूति र समर्थन बढ्दै गएको बेला अन्य विषयमा बहकिन थालेपछि उनको आलोचना बढ्दै गएको छ ।

केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते भनि लेखिएको छ ।

त्यस्तै, मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ उल्लेख भएको जन्ममिति छ । उनले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको स्रोतको भनाई छ ।

केसीले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले उनको योग्यता र कागजपत्रप्रति समेत थप आशङ्का जन्माएको छ ।

Advertisement

Advertisement

Advertisement