लोडसेडिङ तालिका अब कहिल्यै नआउने बताएको प्राधिकरणले फेरि निकाल्यो सुचना

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समस्या सदाका लागि समाधान गर्न आफूहरु सफल भएको भन्दै लोडसेडिङ तालिका अब ननिकाल्ने बताए पनि फेरि सुचना निकालेको छ ।

लोडसेडिङ व्यवस्थापनमा सफलता पाएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत बर्ष अब लोडसेडिङ तालिका सदाका लागि बन्द भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । यद्यपि पछिल्लो समयमा ग्राहस्थ उपभोक्तादेखि उद्योगहरुले लोडसेडिङ बढेको भन्दै गुनासो गर्दै आएका छन् । प्राधिकरणले भने यसलाई लोडसेडिङ नभएर प्राविधिक समस्या भन्दै आएका छन् ।

पछिल्लो पटक निकालिएको सुचना औद्योगिक ग्राहकहरुका लागि हो । यद्यपि यो लोडसेडिङ बढेको नभई लोडसेडिङको समय तालिका परिवर्तनसँग सम्वन्धित सुचना हो । औद्योगिक ग्राहकहरुलाई घोषितरुपमा पहिलेदेखि तीन घण्टा लोडसेडिङ र केही स्थानमा अघोषितरुपमा एकदेखि दुई घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले ढल्केबरदेखि भरतपुरसम्मका औद्यागिक ग्राहकलाई बेलुकी ६ बजेखि ९ बजेसम्म र ढल्केबरदेखि पूर्वक्षेत्र, भरतपुरक्षेत्र पश्चिम क्षेत्र र नेपाल सरकारको औद्योगिक क्षेत्रका ग्राहकको लागि बेलुकी साढे पाँचदेखि साढे आठ बजेसम्मको लोडसेडिङ तालिकाको सुचना निकालेको हो ।

Advertisement

Advertisement

Advertisement