सहलगानीका तीन खानेपानी आयोजना सम्पन्न

Advertisement

काठमाडौंः खानेपानी तथा ढल निकास विभागअन्तर्गत सञ्चालित सहलगानीका एकाउन्न वटा आयोजनामध्ये तीन वटा आयोजना पुरा भएको छ ।

१० करोड रुपियाँभन्दा बढी लागतमा निर्माण भएका रुपन्देहीस्थित शंकरनगर खानेपानी आयोजना, आनन्दवन शंकरनगर खानेपानी आयोजना तथा चेपेखोला पालुङ्टार खानेपानी आयोजना पुरा भएको हो ।

विभागका सहसचिव एवं सहलगानी आयोजना शाखाका प्रमुख विद्यानाथ भट्टराईले ती आयोजनामा ७० प्रतिशत सरकार र ३० प्रतिशत उपभोक्ताको लगानी भएको जानकारी दिए ।

“अठ्ठाइस जिल्लामा ४८ योजना निर्माण हुने क्रममा रहेकामा २३ वटाको काम हुँदै, १० वटा शुरु हुने क्रममा रहेको र बाँकी १५ वटा अध्ययनको अन्तिमचरणमा छ,”– उनले भने । ती आयोजनामध्ये ११ वटा यो वर्षसक्ने विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६९÷७० बाट सहलगानीका खानेपानी आयोजना सञ्चालन भएकामा तीन वर्षभित्र सबै आयोजना सम्पन्न हुने गरी काम भइरहेको बताइएको छ ।

ती आयोजनामा उपभोक्ताले १० प्रतिशत रकम तिनुपर्ने २० प्रतिशत बराबरको जनश्रम ब्यहोर्नुपर्ने भएकाले सो आयोजना भरपर्दो हुँदै गएको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement