केएल टावरमा मोबाइलफोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैंमा

Advertisement

काठमाडौंः केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले मार्च १० मा हुने बलिउड स्टारहरुको कार्यक्रमको पास निशुल्क पाउने भएका छन् । मोबाइल हबले मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने ग्राहकलाई मोबाइल एक्सचेञ्ज गर्नेहरुलाई पनि सलमान खान सहितका कलाकारको कार्यक्रमको पास सित्तैंमा उपलब्ध गराउने भएको हो ।

मोबाइल मेलामा ग्राहकको चहलपहल अधिक भएपछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाण्डौंको टुडिखेलमा हुन गईरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैंमा बितरण गर्न थालेको हो । मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

उनका अनुसार मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइने छ । पुरानो मोबाइल साट्न समेत सकिने बताउँदै उनले दोहोरा अफरमा सलमान खानको कार्यक्रमको पास पनि पाउने बताए । उनका अनुसार केएल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन् ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइल हबले मोबाइल मेला सञ्चालन गरिरहेको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबमा खेल खेलेर मोबाइल जित्नेदेखि मोबाइल किनेर अर्को एउटा मोबाइल सित्तैंमा पाइने अफरका कारण ग्राहको भीड बढेको छ । यसका साथै हबले अहिलेसम्मकै सस्तो मूल्यमा पनि मोबाइल फोनहरु उपलब्ध गराईरहेको छ ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को एउटा मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले जानकारी दिए । यो योजनामा सामसुंग, आईफोन, भिभो, ओप्पो लगायतका मोबाइल किन्नेहरुले अर्को मोबाइल सित्तैंमा पाउने छन् ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ (अफर सहित अफर भित्र पनि अफर) नामको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ । मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यो अफर लेनोभो, एमआई, हुवावे, पानासोनिक, जेडटिई, एचटिसी लगायत ब्राण्डका मोबाइल किन्ने ग्राहकहरुमा लागू हुनेछ ।

साथै मोबाइल हवले मेला अवधिभरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागि भएर फोटो खिचाएका ग्राहकरु मध्ये मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाउनेले ओप्पो एफ ५ र भिभोको भि ७ मोबाइल पाउने छन् ।

Advertisement

Advertisement

Advertisement