पचासी करोडको लागतमा खानेपानी आयोजना

Advertisement

मंगलबारेः इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एशियाली विकास बैंक (एडिबी)को ८५ करोड रुपियाँको सयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको साना सिँचाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।

आयोजना सञ्चालन गर्न उपभोक्ताले पाँच प्रतिशत व्यहोर्नुपर्ने छ । आयोजना सम्पन्न भएपश्चात् सिँचाइसमेत गर्न सकिनेछ । उक्त आयोजना सञ्चालन गर्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकारवाला निकाय र बासिन्दासँग छलफल भइरहेको छ ।

आयोजना सञ्चालन गर्दा उपभोक्ताबाट लागतको पाँच प्रतिशत सहभागिता हुनुपर्ने छ । त्यसका लागि स्थानीय उपभोक्ताले १५ हजार रुपियाँ व्यहोर्नु पर्ने समितिले निर्णय गरेको छ । करिब तीन हजार उपभोक्ताबाट साढे चार करोड रुपियाँ रकम उठाउने समितिको लक्ष्य छ । त्यस्तै नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसिदिनुपर्ने आयोजनाको नीति छ ।

आयोजनाको सम्भाव्यता अध्ययनका लागि विभागले प्राविधिक टोली खटाइसकेपछि विभिन्न बहानामा पानी आउन सकेको थिएन । बढ्दो शहरीकरण, जनघनत्वका कारण इलाम बजारमा पानीको हाहाकार छ । इलाम नगरवासी तथा मुहान क्षेत्र माइमझुवाका स्थानीयवासी आयोजनाप्रति सकारात्मक भएकाले अब पानी आउने निश्चित भएको छ । आयोजना दुई वर्षभित्रमा सम्पन्न हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement