साताको सेयर बजार: नेप्से ३७ अंकले घट्यो, सबै समुहमा भारी गिरावट

Advertisement

काठमाडौंः अघिल्लो साता सुधार भएको सेयर बजार यो साता भने दोहोरो अंकले घटेको छ । नेप्से परिसुचक ३७ दशमलव ९७ अंकले घटेर एक हजार ३८६ दशमलव ९८ अंक कायम भएको छ । कारोबार भने १० दशमलव ७५ प्रतिशतले बढेर एक अर्ब ७० करोड ७० लाख रुपियाँको सेयर किनबेच भएको छ । यो साता कुल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता सेयर किनबेच भए ।

अघिल्लो साता नेप्से परिसुचक ३३ दशमलव ९२ अंकले बढेर एक हजार ४२४ दशमलव ९५ अंक कायम भएको थियो ।

समूहगत कारोबारतर्फ हेर्दा यो साता बीमा समूहमा भरि गिरावट आएको छ । बीमा समूह २८९ दशमलव ६८ अंकले घटेर छ हजार ९९८ दशमलव ९६ अंकमा आएको छ ।

त्यसैगरी, बाणिज्य बैंक समूह २७ दशमलव ४९ अंकले, विकास बैंक ४९ दशमलव २९ अंकले, वित्त १६ दशमलव ३३ अंकले र लघुवित्त समूह ७६ दशमलव २१ अंकले घटेको छ ।

होटल समूह ६५ दशमलव ०५ अंकले, जलविद्युत ८१ दशमलव २६ अंकले, उत्पादनूलक समूह आठ दशमलव ३१ अंकले, व्यापार समूह तिन दशमलव ०४ अंकले र अन्य समूह ११ दशमलव ०९ अंकले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक गत साताको तुलनामा आठ दशमलव ०५ अंकले घटेर २९३ दशमलव २५ अंकमा झरेको छ ।
यस साता कारोबार रकम (११ करोड २० लाख ६० हजार रुपियाँ) आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र कारोबार भएको सेयर संख्या (तिन लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१,१२१ वटा)को आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहे ।

Advertisement

Advertisement

Advertisement