प्रदेश नंं. ६ को नाम अब कर्णाली, राजधानी चाँही सुर्खेत

Advertisement

सुर्खेत: प्रदेश नंं. ६ को चौथो संसद बैठकले प्रदेशको नाम नयाँ नामाकरण गरेको छ । शनिबार बसेको वैठकले प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌ंसद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सभामुख राजबहादुर शाहीले पारित भएको घोषणा गरेका थिए ।

कंडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश नंं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको जिकिर गरे । यो प्रदेशको ऐतिहासिक पहिचान नै कर्णाली भएकाले पनि राष्टिय र अन्तर्राष्टि रुपमा चिनाउका लागि कर्णाली नाम राखिनुपर्नेमा उनले जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले पनि उक्त प्रस्तावमाथि समर्थन जनाउँदै प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताए । त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टीका सांसद शोसिला शाहीले पनि प्रदेशको नामाकरण सम्बन्धि कंडेलको प्रस्तावमा समर्थन जनाएकी थिईन् ।

नामाकरण सम्बन्धिको प्रस्ताव मत विभाजनमार्फत पारित गरिएको हो । याे सँगै प्रदेश नम्बर ६ अब कर्णाली प्रदेशमा नामाकरण हुनुका साथै राजधानी सुर्खेत पक्का भएकाे छ ।

Advertisement

Advertisement

Advertisement