भूकम्पको बेला असहयोग घोषणा गर्ने खान दशौं करोड लिएर रक्सीको प्रोमोशनमा भने नेपाल आउँदै

Advertisement

काठमाडौंः विनाशकारी गोरखा भूकम्पका बेला नेपाल सहयोग गर्न इन्कार गर्ने भारतीय नायक सलमान खानलाई एक कम्पनीले आफ्नो रक्सीको विज्ञापन गर्न नेपाल ल्याउने तयारी गरेको छ ।

उक्त भूकम्पको बेला हजारौं नेपालीले ज्यान गुमाउनु परेको, दशौं हजार घाइते भएको र खबौं रुपियाँको क्षति भएपछि विश्वभरका नेतादेखि कलाकार र खेलाडीहरुले नेपाललाई सहानुभूति प्रकट गर्दै सहयोगको घोषणा गरेका बेला छिमेकी भारतका नायक सलमान खानेले भने कुनै सहयोग नगर्ने घोषणा गरेका थिए ।

भूकम्पको बेला चर्चित फुटबल खेलाडीहरु रोनाल्डो, मेस्सीलगायतले करोडौं रुपियाँ सहयोग गरेका थिए । भारत र अन्य मुलुकहरुमा समेत ‘बिइङ ह्युमन’ अभियानमार्फत विपन्न बालबालिकाको लागि अबौं रुपियाँ खर्चिदै आएका खानले विनाशकारी भूकम्पको बेला नेपाललाई सहयोग गर्ने चर्चा चलेपनि अन्ततः कुनै सहयोग नगर्ने आफैले ट्वीट गरेरै घोषणा गरे ।

नेपालको विपत्तिप्रति एक शब्दसमेत सहानुभूति प्रकट नगर्ने सलमान अहिले करोडौं रुपियाँ फाइदा लिन नेपाल आउँदैछन् । त्यो पनि एक विवादास्पद कम्पनीको आग्रहमा । अठी प्रतिशत एक बहुराष्ट्रिय कम्पनीको लगानी भएर पनि पटक पटक कर विवादमा पर्दै आएको गोर्खा ब्रुअरीले आफ्ना वियरहरुको प्रचारका लागि सलमानलाई नेपाल ल्याउन लागेको ।

बहुराष्ट्रिय कप्पनी कार्सबर्गको लगानी रहेको गोर्खा ब्रुअरीले पटक पटक कर नतिरेको, तिर्न अटेर गरेको, तिरेर पनि कर फस्र्यौट आयोगमार्फत फिर्ता लिएको भन्दै उक्त कम्पनी विवादमा पर्दै आएको छ । अहिले नै पनि उक्त कम्पनीले कर नतिरेको सम्वन्धी मुद्दामा आउँदो फागुन १५ गते सर्वोच्च अदालतले छलफलका लागि बोलाएको छ ।

कर तिर्न नसक्ने गोर्खा ब्रुअरीले सलमानलाई मात्रै ११ करोड रुपियाँ भन्दा बढि तिरेर नेपाल ल्याउन लागेको हो । सलमानसँगै आधार दर्जन भारतीय कलाकारलाई ल्याउन लागिएको हो । टुँडिखेलमा आयोजना गर्ने भनिएको कन्सर्टमा सहभागी हुन १० हजारभन्दा बढि महंगो टिकट मूल्य कायम गरिएको छ ।

Advertisement

Advertisement

Advertisement