बजारमा कम्बल, गलैँचाको वर्चस्वले राडीपाखी व्यवसाय संकटमा

Advertisement

जाजरकोटः जाजरकोटमा विगतदेखि उत्पादन हुने राडीपाखी व्यवसाय अहिले संकटमा परेको छ । बजारमा पाईने कमल, गलैँचा लगाएतका सामग्रीले तथा व्यवसायको सीप दोस्रो पुस्तामा हस्ताणतण नहुँदा व्यवसाय संकटमा परेको हो ।

बारेकोट गाउँपालिका जिरीका हरि शाही कुनै बेला मासिक छ वटा सम्म राडीपाखी उत्पादन गर्दै बेच्ने गर्थे । राडीको माग धेरै आउँदा उनलाई माग अनुसारको तयार गर्न समस्या हुने गथ्र्थो । तर, आजभोली मासिक एउटा राडी बिक्री गर्न समेत समस्या हुने गरेको उनले बताए ।

हाल जिल्लामा रहेका राडीपाखी व्यवसायीलाई आर्थिक संकटको अवस्था सृजना भएको छ । जिल्लामा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन्  ।

केही वर्षअघि सम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुन्थ्यो । स्थानीयवासी जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ । उनले युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु बिस्तारै लोप हुन हुन लागेको बताए ।

हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ । एउटा राडी बुन्नका लागि कम्तीमा पनि दश दिन लाग्ने स्थानीयवासी रामबहादुर रावतले बताए । उनले समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्ने काम घट्दै गएको बताए ।

अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेलीका रूपमा पठाउनका लागि मात्र बुन्ने गरिएको छ । पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा मागसमेत घटेकाले बिक्री हुन छाडेको छ ।” बजारमा एउटा राडी चारदेखि छ हजार रुपियँसम्ममा बिक्री हुने गरेको छ ।

समय खर्चिएर भेडाको ऊन काटेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयवासी बताउँछन् । पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए ।

Advertisement

Advertisement

Advertisement