प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर भर्ने म्याद १० दिन थप

Advertisement

काठमाडौं: प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर भर्ने म्याद १० दिन थप गरिएको छ । अव बैंकको हकप्रदमा फागुन २३ गतेसम्ममा आवेदन दिन मिल्नेछ ।

बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्मको म्याद तोकेर १०ः४ अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता शेयर बिक्री खुला गरेको थियो ।

तर सो वधिमा आवश्यक आवेदन नपरेपछि म्याद थप गरेर फागुन २३ गतेसम्म पुर्याएको हो । सय रुपियाँ अंकित मूल्यको यो हकप्रदमा पुस २० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ भने र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन मिल्नेछ ।

आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपियाँ पुर्याउन बैंक ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।

हकप्रदपछि भने चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपियाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६३ करोड ४९ लाख ५३ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement