राष्ट्रिय बीमा कम्पनीले १२५ प्रतिशत लाभांश वितरण गर्ने

Advertisement

काठमाडौं: राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस शेयर र कर तिर्ने प्रयोजनका लागि पाँच दसमलव १४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको हाल कायम रहेको २६ करोड ६६ लाख रुपियाँ चुक्ता पुँजीमा उक्त बोनस शेयर दिने घोषणा गरेको हो । नियामक वीमा समिति र वार्षिक साधारण सभाबाट बोनस प्रस्ताव अनुमोदन भएपछि वितरण प्रकृया अघि बढाइने कम्पनीले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीले यसअघि पनि तीन आर्थिक वर्षको मुनाफाबाट एकैपटक ११४.२७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड २५ लाख ४ हजार रुपियाँ खुद नाफा कमाएको छ । यसको बीमा कोषमा पनि एक अर्ब २६ करोड ३० लाख ९० हजार रुपियाँ जम्मा भएको छ । राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १३९ रुपियाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ ८४३ रुपियाँ ११ पैसा छ ।

Advertisement

Advertisement

Advertisement