सेयर गिरावटमा तीब्रता, जम्मा २९ करोडको कारोबार हुँदा एउटैको झण्डै नौ करोडको किनबेच

Advertisement

काठमाडौंः सेयर बजार खस्किने क्रमले गति लिएको छ । गएको साता बिहीबार एकल अंकले घटेको सेयर बजार परिसुचक नेप्से साताको पहिलो दिन आज आइतबार दोहोरो अंक (१२ दशमलव ५२ अंक)ले घटेर एक हजार ३७४ अंक कायम भएको छ ।

लगानीकर्ता लगानी गर्न उत्साहित नहुँदा किनबेच पनि बढन सकेको छैन । आज जम्मा २९ करोड १८ लाख रुपियाँको सेयर कारोबार भएको छ । जसमा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर मात्रै पाँच करोड ४७ लाख रुपियाँको किनबेच भएको छ भने सोही कम्पनीको तीन करोड ४३ लाख रुपियाँको साधारण सेयर किनबेच भएको छ ।

होटल समूहमा नगन्य सुधार भए पनि बाँकी समूह सबै ओरालो लागेको छ । सबैभन्दा ठूलो गिरावट बैंकिङ समूहमा देखिएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहको उपसुचक एक दशमलव १२ प्रतिशतले झरेको छ । ओरालो लागेको बाँकी सबै समूहको गिरावट एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement