एनआइसी एसिया क्यापिटल र इमर्जिङबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौता

Advertisement

काठमाडौंः एनआइसी एसिया क्यापिटल लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडबीच पाँच लाख कित्ता (कर्मचारी समेत) साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ ।

एनआइसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक ढुङ्गेल र इमर्जिङका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सरकारको लगानी समेत रहेको इमर्जिङ नेपाल सार्वजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनीले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकासमा कार्य गर्नेछ ।

एनआइसी एसिया क्यापिटलले हाल बजारमा कायम रहेको बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement