सुरेन्द्र भण्डारीको नेतृत्वमा बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नयाँ कार्यसमिति चयन

Advertisement

ललितपुरः नेपाल बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको पाँचौ साधारणसभाले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, पुल्चोकका प्रवन्ध सञ्चालक सुरेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा सहयोगीका नारायणभक्त श्रेष्ठ, सचिवमा प्रतिभाका माधव तिमल्सिना, कोषाध्यक्षमा नमस्तेका पुष्प पौडेल निर्वाचित भएका छन् ।

संघका सदस्यहरुमा विनका हजुरी विष्ट, अरनिकोका तुलसी सापकोटा, बाराहीका जीवन राई, नमोस्तुतिका पार्वती थापा, बखानका तारा गुरुङ्ग, शुक्रपथका नरेन्द्र विष्ट, सद्नका बलराम खनाल, बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद महर्जन निर्वाचित भएका छन् ।

प्रदेश संरचना अनुसार गठन गरिएको कार्यसमितिमा प्रदेश नम्बर १ बाट पहिलो पाइला झापाका सनिप भुजेल, २ बाट मनोकामना हरिवनका शम्भुलाल श्रेष्ठ, ३ बाट तपाईं हाम्रो काठमाडौका मनोज थापा, ४ बाट प्राइम पोखराका सुरेन्दमणी पौडेल, ५ बाट बहुउद्देश्यीय सहकारी संघ, बाँकेका भुपेन्द्र अधिकारी, ६ बाट बहुउद्देश्यीय सहकारी सघं, सुर्खेतका चन्द्र थानी र ७ बाट किसान कैलालीका सुरेन्द्र शाह निर्वाचित भएका छन् ।

त्यस्तै, लेखा समितिको संयोजकमा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका भोला शर्मा खरेल र सदस्यहरुमा कोला समैजी महिला बहुउद्देश्यीय सहकारी, डडेल्धुराका कमला विष्ट र हिलटप जुनार बहुउद्देश्यीय सहकारी काठमाडौका सुमन थापा निर्वाचित भएका छन् ।

विजयी पदाधिकारी र सदस्यलाई निर्वाचन उपसमितिका संयोजक रामदत्त ओझाले पद तथा गोपनियतको सपथ ग्रहण गराएका थिए ।

Advertisement

Advertisement

Advertisement