बचतमा ब्याजको नयाँ सीमा तोक्दै बैंकहरु

Advertisement

काठमाडौँ: मुद्दती निक्षेपको ब्याज ११ प्रतिशतभन्दा नबढाउन 'भद्र सहमति ' गरेका बैंकहरुले सर्वसाधारणले पाउने बचतको ब्याजमा पनि माथिल्लो सीमा तोक्ने तयारी गरेका छन् ।
पछिल्ला दिनहरुमा साधारण निक्षेपको ब्याज बढेर १० प्रतिशत पुगेपछि बैंकर्स संघ घटाउने प्रपन्चमा लागेका हुन् ।

आइतबार बसेको संघको बैठकमा यस बिषयमा छलफल हुँदा बचतको ब्याजदरमा पनि सीमा तोक्ने तयारी भएको सहभागी एक बैंकरले बताए ।

'सम्भबत: बचतक ब्याजदर ८ प्रतिशतभन्दा बढी नदिने बिषयमा बैंकहरुबीच भद्र सहमति हुँदै छ,' ती बैंकरले भने, शुक्रबार बस्ने संघको बैठकले यसवारेमा निर्णय गर्नेछ।'

झन्डै एक दशकअघि बचत निक्षेपको ब्याज १० प्रतिशतभन्दा माथि थियो । बैठकमा यसअघिको भद्र सहमति परिमार्जन गर्ने बिषयमा पनि लामो छलफल भएको थियो ।

यसघि मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने गरी भएको भद्र सहमति परिमार्जन गर्ने नगर्ने बिषयमा उपस्थित बैंकरबीच मत बांझिएपछी आउँदो सातासम्मका लागि यसैलाई निरन्तरता दिने निर्णय भएको स्रोतले बतायो । कान्तिपुर दैनिकबाट

Advertisement

Advertisement

Advertisement