‘टी-२० विश्वकप क्रिकेट २०२०’ छनोटका लागि ६१ देशले प्रतिस्पर्धा गर्ने

Advertisement

काठमाडौंः आस्ट्रेलियामा सन् २०२० मा आयोजना हुने टी-२० विश्वकप प्रतियोगिताको लागि ६१ देशले छनोट खेल्न पाउने भएका छन् । अन्तर्राराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार एक विज्ञप्ती जारी गर्दै विश्वभर पाँच क्षेत्रमा १२ वटा क्षेत्रीय छनोट प्रतियोगिता हुने जनाएको हो ।

आइसीसीका अनुसार एसियामा दुई प्रतियोगिताः वेष्ट एसिया र इष्ट एसियामा गरि, अमेरिकामा २, अफ्रिकामा ३ र युरोपमा ३ वटा छनोट प्रतियोगिता सञ्चालन हुनेछन् । उक्त १२ स्थानमा हुने छनोट प्रतियोगितामा ६१ राष्ट्रहको सहभागिता हुने आइसीसीले जनाएको हो ।

त्यसभध्ये उत्कृष्ट २५ टोलीले २०१९ मा पाँच क्षेत्रमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट ७ राष्ट्रले आइसीसी विश्व टी-२० को छनोटमा स्थान बनाउँने छन् । विगतमा विश्वकप खेलेका तर २०१८ डिसेम्बर ३१ सम्ममा टी-२० को शीर्ष दशमा नअटाएका टोलीसँग विश्वकप प्रवेशका लागि अन्य देशसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धाबाट शर्ष छ मा रहने टोलीले विश्वकपमा स्थान बनाउँने छन् ।

टी-२० विश्वकपमा शीर्ष वरियताका १० टोली र छनोट प्रतियोगिताबाट शीर्ष छछ म पर्ने टोली गरि १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

Advertisement

Advertisement