डा युवराज खतिवडा अर्थमन्त्री, माओवादी केन्द्रबाट थापाको नेतृत्वमा गृहमन्त्रीको शपथग्रहण हुँदै

Advertisement

काठमाडौँ: एमाले र माओवादी केन्द्रबाट सोमबार दुई-दुई जना मन्त्रि गरी चार जनाको मात्रै शपथग्रहण कार्यक्रम हुने भएको छ ।
एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले शपथग्रहण गर्ने तय भएको छ । डा. खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ भने पोखरेलले कुन मन्त्रालय पाउने भन्ने टुंगो अझै लागेको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । संबैधानिक प्राबधान अनुसार मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्छ ।

यस्तै, आजै हुने मन्त्रिपरिषद विस्तारमा माओवादीका तर्फबाट दुई जनाले मन्त्रीको शपथ लिने छन् । स्रोतका अनुसार आज रामबहादुर थापा ‘बादल’ र मात्रिका यादव मात्र मन्त्रि हुने छन् । थापालाई गृहमन्त्रालयको जिम्मेवारी दिने निश्चित भएको छ भने यादवका हकमा निर्णय भइनसकेको बताइएको छ ।

माओवादीबाट थापा बाहेक बर्षमान पुन, जनादर्न शर्मा, मात्रिका यादव, शक्ति बस्नेत , गिरीराजमणी पोखरेल, विना मगर हुने सूचि तयार भएको छ ।

राष्ट्रपति कार्यलयले आज चार बजे शपथ कार्यक्रम राखेको छ ।

Advertisement

Advertisement

Advertisement