सेयर बजारमा गिरावट जारी, होटल समूहमा बढी धक्का, किनबेच भने दोब्बरले बढ्यो

Advertisement

काठमाडौंः सेयर बजारमा जारी गिरावट आज सोमबार झन बढेको छ । आज सेयर बजार परिसुचक नेप्से १५ दशमलव ७८ प्रतिशतले घटेर एक हजार ३५९ अंक कायम भएको छ ।

विगतका दिनहरुमा बढन नसकेको सेयर कारोबार आज भने झण्डै दोब्बरले बढेर ५५ करोड २५ लाख रुपियाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ५६ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ । उक्त कम्पनीले ७० प्रतिशतभन्दा बढिले नाफा दिने घोषणा गरेको थियो ।

समूहगत कारोबारमा आज सबैभन्दा ठूलो धक्का होटल समूहलाई लागेको छ । उक्त समूहको उपसुचक दुई दशमलव ८३ प्रतिशतले घटेको छ भने जलविद्युत, बिमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूहको गिरावट एक प्रतिशतभन्दा बढि छ । बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ । बाणिज्य बैंक समूहको गिरावट शुन्य दशमलव ८२ प्रतिशतले रहे पनि सेयर बजारमा यसको हिस्सा निकै ठूलो भएकोले यसको असर बढि रहेको छ ।

Advertisement

Advertisement

Advertisement