एक्साइड ब्याट्रीको पूर्वी क्षेत्रीय डिलर मिट सम्पन्न

Advertisement

काठमाडौंः सिप्रदी ट्रेडिङ अन्तर्गतको एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई सम्मान गरेको छ । एक्साइडले पूर्वि नेपालका डिलर व्यवसायी हरुलाई लीक्षत गरि ‘मिट २०१७ १८’ को आयोजना गर्दै सम्मान गरेको हो ।

कम्पनीले आफ्ना उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको छ । जसअन्तर्गत नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने, टायर सेन्टर, बिराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो ।

साथै, गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको गरेको हो । नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री टे«डर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो ।

उक्त भव्य समारोहको बिच सम्पन्न भएको कार्यक्रममा डिलरहरुको उत्सुकतालाई देखेर यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा–प्रबन्धक सुरेश कुमार तिवारीले बताए ।

Advertisement

Advertisement

Advertisement