सिटी एक्सप्रेस र साउदीको बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टरबीच रेमिटान्स सम्झौता

Advertisement

काठमाडौंः साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।

एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरुबाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् ।

सो सम्वन्धी सम्झौताको हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकका प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरे ।

समारोहमा अल बिलाद बैंकका उच्च अधिकारीहरु सहभागी थिए । अल बिलाद बैकंले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने जानकारी दिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत ११ बर्षदेखि बिश्वभर आफ्नो रेमिट एजेन्टहरुबाट पाँच हजार पाँचसय भन्दा बढि नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement