एनसीसी बैंकको नयाँ शाखा बिरौटामा

Advertisement

पोखराः नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नयाँँ शाखा पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १७, बिरौटामा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले गरे

जीसीले विधि विधानलाई आत्मसाथ गरी बैंक सफल हुने हुँदा एनसीसी बैंकले पनि सोही कुरा अवलम्बन गरी अगाडी बढ्ने बताए । सोही महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पनि बैंकले आगामी दिनमा प्रगति गर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओमप्रसाद गौचनले समेतको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय प्रमुख पोमनाथ गौतमको पनि उपस्थिती रहेको थियो । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले कृषि र पर्यटन उद्योगमा हुने लगानीलाई जोड दिने बतए ।

एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले यस क्षेत्रका वासिन्दा, जन प्रतिनिधि र समस्त उद्योग व्यवसायीको सहयोग र शुभेच्छा आवश्यक रहेको बताए ।

Advertisement

Advertisement

Advertisement