सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विनय रिजाल

Advertisement

काठमाडौंः सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विनय रिजाल नियुक्त भएका छन् । उक्त बैंकको सञ्चालक समितिले रिजाललाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

एमबीएसम्मको अध्ययन गरेका उनी यसअघि सिभिल बैंकको क्रेडिट एडमिनिष्ट्रेशन विभाग (सिएडी)को प्रमुख पदमा कार्यरत थिए । विशेषगरी बाणिज्य बैंकहरुमा कार्यअनुभव हासिल गरेका रिजालसँग एनबी बैंकमा पनि लामो समय काम गरेको अनुभव छ ।

बैंकिङ क्षेत्रमा दुई दशकको अनुभव लिएका उनले आफ्नो अनुभवलाई सहयोगी विकास बैंकको हित र प्रगतिमा लगाउने बताउँछन् । उनी भन्छन, ‘बैंकको ख्यातिलाई थप उचाईमा पुर्याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा मेरो जोड रहनेछ ।’

निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक उन्नती र २१औं शताब्दी समय सुहाउँदो सेवाका साथै लगानीकर्ताको उचित प्रतिफलमा बैंकको जोड रहने उनले बताएका छन् । सहयोगी विकास बैंकको मूख्य कार्यालय २ नं. प्रदेशको राजधानी जनकपुरमा रहेको छ ।

सहयोगीले विभिन्न स्थानमा आठ वटा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले चाँडै नै चार वटा शाखा विस्तार गर्न लागेको जानकारी दिएको छ । हाल ६५ हजार ग्राहकहरु रहेको यस बैंकको पुँजी ५० करोड ९६ लाख रहेको छ भने तीन अर्ब ४० करोड निक्षेप संकलन, दुई अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।

Advertisement

Advertisement

Advertisement