बैशाख १ गतेबाट ई-पेमेन्ट अनिवार्य: अर्थमन्त्री डा खतिवडा

Advertisement

काठमाडौँ: नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले सरकारलाई प्राप्त हुने राजस्व संकलन र खर्चसम्बन्धि भुक्तानी आगामी बैशाख १ गतेबाट विधुतीय प्रणालीबाट गर्ने निर्णय गरेका छन् ।

अर्थ मन्त्रालयमा कार्यभार सम्हाले लगतै अर्थमन्त्री खतिवडाले उक्त निर्णय गरेका हुन् । सरकारबाट प्राप्त हुने भुक्तानी र सरकारलाई प्राप्त हुने राजस्व विधुतीय प्रणालीद्वारा व्यवस्थित गरि सरल, सुरक्षित र लागतप्रभावी बनाउन आगामी २०७५ साल बैशाख १ गतेदेखि विधुतीय भुक्तानी प्रणाली लागु गर्न उपयुक्त देखिएकोले,' पहिलो निर्णयमा भनिएको छ ।

सरकारले गत वर्षबाट सिंहदरबारभित्रको सरकारी भुक्तानी सोझै बैंक खातामा गर्ने व्यवस्था गरिसकेको छ । २५ हजार रुपियाँभन्दा बढीको कारोबार रकम सोझै बैंक खातामा जाने गरी विधुतीय भुक्तानी व्यवस्था भएको हो ।

Advertisement

Advertisement

Advertisement