शंकर ग्रुप र स्टारलिंगर एण्ड कम्पनीको ‘सिमेन्ट प्याकेजिङ’ सम्मेलन सम्पन्न

Advertisement

काठमाडौंः शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्सले दक्षिण एसियाकै ठुलो सम्मेलन गरेको छ । कम्पनीले आफ्नो प्राविधिक स्टारलिंगर एण्ड कम्पनीसंग मिलेर एड स्टार लेमिनेटेड ब्याग्स एंड सिमेन्ट प्याकेजिङ्ग सम्बन्धि सम्मेलन गरेको हो ।

उक्त प्रविधि सेकेण्ड जेनेरेसन ब्याग्सको रुपमा प्रतिष्ठित रहेको छ, जसलाई सन् २०१२ देखि जगदम्बा सेन्थेटिक्सले नेपाली बजारमा ल्याएको हो । साथै, भित्र्याइएको प्रविधिको पहिलो ग्राहक जगदम्बा सिमेन्ट रहेको थियो । कम्पनीले आफ्नो प्रविधि सिमेन्ट कम्पनीको साधारण प्याकेजिङ्गमा देखिने विभिन्न समस्याहरु समाधान गरेको दाबी गरेको छ ।

कम्पनीले परम्परागत मेसिनले सिमेन्ट चुहिने ,बढि धुलो उड्ने, चांग लगाउन गाह्रो हुने, लोड अनलोड गर्न गाह्रो हुनुका साथै प्रतिबोरा सिमेन्टमा तीन देखि चार किलो सिमेन्ट कम हुनेमा सम्पुर्ण समस्या हटेको बताएको छ । यो प्रविधिमा ५० किलोग्राम तौल भएका सिमेन्टमा शत प्रतिशत तौल ग्यारेन्टी रहने जनाएको छ ।

नेपाली सिमेन्ट उद्योगका ठुला कम्पनीहरु जगदम्बा सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र भारतका विरला, नुभोको र एसीसी सिमेन्टले पनि एड स्टार ब्याग प्रयोग गर्दै आएका छन् । अस्ट्रिया, इटाली, भारत, बंगलादेश र चिनबाट आएका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा प्रमुख अतिथि इण्डियन आयलका निर्देशक एके झाले कार्यक्रमको उत्घाटन गरे ।

शंकर गु्रपका उपाधक्ष्य सुलभ अग्रवाल, स्टारलिंगर एण्ड कोका लिण्डर ह्ुमर, नेपाल गुणस्तरका महानिर्देशक विश्वबाबु पुडासैनी र जगदम्बा सिमेन्टका प्रमुख राजेश अग्रवालको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement