सार्वजनिक स्थलमै बसेर ३२ हजार घुस लिँदालिँदै यातायातका कर्मचारी पक्राउ

Advertisement

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल ३२ हजार घुस लिँदालिँदै पक्राउ गरेको छ ।

सवारी चालक अनुमति पत्रको दर्ता शाखामा कार्यरत भुसालले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जारी गरेको एक बिज्ञप्तिमा उल्लेख छ ।

आयोगका टोलीले उनलाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फ रहेको छक्कु बक्कु पार्कबाट पक्राउ गरिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement