ओलीले भने - देश स्थायी राजनीतिमा प्रवेश गर्यो, आर्थिक समृद्धि र दिगो शान्ति छिट्टै

Advertisement

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देश अव स्थायी राजनीतिमा प्रवेश गरेकोले मुलुकले छिट्टै आर्थिक समृद्धि र दिगो शान्ति कायम हुने बताएका छन्।

राष्ट्रिय सेवा दलको १३ औं ब्याचको दीक्षान्त समारोहको समापन कार्यक्रममा बोल्दै प्रम ओलीले यस्तो धरान भ्यक्त गरेका हुन् ।

आज बिहान लगनखेल स्थित सैनिक ब्यायाम केन्द्रमा आयोजित कार्यक्रममा ओलीले दीक्षित हुनेलाई ब्याच तथा प्रमाणपत्र वितरण समेत गरेका छन् ।

अवसरमा रक्षामन्त्री इश्वर पोखरेल र सेनाका उच्च अधिकृत हरुको उपस्थितित रहेको थियो । कार्यक्रममा प्रधानसेनापति राजेन्द्र छेत्री र रक्षामन्त्री पोखरेलले पनि दीक्षित बिद्यार्थीहरुलाई ब्याच तथा मेडल प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement