काठमाडौंः अर्थ मन्त्रालयमा डा. युवराज खतिवडाको प्रवेशको दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिए पनि त्यो सुधार कायम रहन सकेन । बुधबार सेयर बजार परिसुचक नेप्से १८ दशमलव ८२ अंकले झरेर एक हजार ३४६ अंक कायम भएको छ ।
मंगलबार झण्डै ५६ करोडको कारोबार भएकोमा आज केही घटेर ५४ करोड ३४ लाख रुपियाँको सेयर किनबेच भएको छ । आज सबै समूहका उपसुचकहरु ओरालो लागेका छन् । उत्पादनमूलक समूहमा सामान्य गिरावट भए पनि बाँकी समूहका भारी गिरावट भएको छ ।