सेयर बजारको सुधार टिक्न सकेन, नेप्से र कारोबार दुवै घट्यो

Advertisement

काठमाडौंः अर्थ मन्त्रालयमा डा. युवराज खतिवडाको प्रवेशको दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिए पनि त्यो सुधार कायम रहन सकेन । बुधबार सेयर बजार परिसुचक नेप्से १८ दशमलव ८२ अंकले झरेर एक हजार ३४६ अंक कायम भएको छ ।

मंगलबार झण्डै ५६ करोडको कारोबार भएकोमा आज केही घटेर ५४ करोड ३४ लाख रुपियाँको सेयर किनबेच भएको छ । आज सबै समूहका उपसुचकहरु ओरालो लागेका छन् । उत्पादनमूलक समूहमा सामान्य गिरावट भए पनि बाँकी समूहका भारी गिरावट भएको छ ।

Advertisement

Advertisement

Advertisement