होलीमा टेलिकमको ‘होली अफर’, यस्ता छन् सुविधाहरु

Advertisement

काठमाठौंः होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकहरुलाई लक्षित गरेर टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।

टेलिकमले ल्याएको यस अफर आगामी फागुन १७ देखि चैत एक गतेसम्म खरिद गरी उपयोग गर्न सकिने छ । टेलिकमले होलीमा ल्याएको अफर यसप्रकार रहेका छन्ः

अनलिमिटेड भ्वाइस नाइट कल
टेलिकमले राती १० देखि बिहान छ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । उक्त अफर ३५ रुपियाँमा खरिद गर्न सकिने छ र तीन दिनसम्म कल गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा
साथै, ५० रुपियाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । एक जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड नाइट डाटा
एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपियाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपियाँमा खरिद गर्न सकिने छ ।

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement