नेयमारको सफल सल्यक्रिया, रियलविरुद्धको खेल गुमाउने

Advertisement

एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिलीयन स्ट्राइकर नेयमारको खुट्टाको सफल सल्यक्रिया भएको छ । सल्यक्रिया सफल भएपनि उनले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।

उनले रियल मड्रिडसँग च्याम्पियनस लिगको अन्तिम १६ को पीएसजीको घरेलु मैदानमा हुने खेल गुमाउने भएका हुन । पीएसजीले रियलसँग अन्तिम १६ को पहिलो लेगमा ३-१ को हार बेहोरेको थियो ।

नेयमार आइतबार पीएसजीको घरेलु लिग वानमा मार्सेलिएसँगको खेलमा खुट्टाको हड्डी भाचिएको थियो । प्रशिक्षकले भने नेयमार रियलविरुद्धको खेलमा मैदान उत्रिन सक्ने झिनो साम्भावना रहेको बताए । तर, उनका बुबाले उनी छ देखि ८ हप्तासम्म मैदान बाहिर रहने बताएका छन् ।

पीएसजी लिग वानमा १४ अंकको अग्रतामा लिगको लिड गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement