दोस्रो अभ्यास खेलमा आज हङकङको सामना गर्दै नेपाल

Advertisement

काठमाडौंः आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको दोस्रो अभ्यास खेलमा आज (विहीबार) नेपाल हङकङको सामना गर्दैछ । जिम्बाबेको हरारे क्रिकेट मैदानमा नेपाल दिउँसो सवा १ बजे हङकङविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रने छ ।

नेपालले पहिलो अभ्यास खेलमा बलियो टिम संयुक्त अरब इमिरेट्स (युएई) माथि पाँच विकेटको सानदार जित निकालेको थियो । कप्तान पारस खड्काले हङकङविरुद्धको खेलमा जितका लागि उच्च मनोबलका साथ मैदान उत्रने बताए । उनले अभ्यास खेललाई प्रतियोगिताको रुपमा लिएर मैदान उत्रने बताए ।

यहि फागुन २० गतेदेखि सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा समुह ‘बी’ मा रहेको नेपालले आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement