होली पर्वः उपत्यकाबाट १०१ जना पक्राउ, ५०० बढी सवारी साधन नियन्त्रणमा

Advertisement

काठमाडौंः उपत्यकामा होली मनाउने क्रममा दिउँसोसम्ममा उच्छृङखल गतिविधि गर्ने एक सय एक जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यलय रानिपोखरीका प्रबक्ता तथा प्रहरी बरिष्ठ उपरिक्षक पूर्णचन्द्र जोशीका अनुसार उपत्यकाबाट अहिले साढे एक बजेसम्ममा १०१ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुलाई राजधानीका विभिन्न वृत्तहरुको थुनामा राखिएको उनले बताए । यसैक्रममा ट्राफिक प्रहरीले दुई पाङग्रे र चार पाङग्रे गरी पाँच सयभन्दा बढी सवारी साधानलाई नियन्त्रणमा लिइएको जोशीले जानकारी दिए ।

उनले मापसे गरेर सवारी चलाउने, काजगपत्र नभएका र जथाभावि सवारी साधन चलाउनेलाई चालक र सवारी दुवै नियन्त्रणमा लिइएको बताए । जोशीका अनुसार पक्राउ परेकाहरुलाई उनीहरुको कसुर हेरेर आज साँझसम्ममा छाडिने छ । तर, सार्वजनिक अपराधमा संलग्न हुनेलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही अघि बढाइने छ, उनले भने ।

उनले अहिलेसम्ममा कुने पनि अप्रिय घटना नघटेको पनि जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement